१३ जेष्ठ २०८३, बुधबार

बझाङको बुङ्गलमा बाढी आउँदा लाखौंको क्षति

एसीपी संवाददाता

२१ असार २०७७, आईतवार ०९:०६ मा प्रकाशित

बझाङ: गएराति परेका अविरल वर्षाका कारण बझाङको बुङ्गल नगरपालिका – १ मा बाढी आउँदा लाखोंको क्षति भएको छ। जुते भाडमय सामुदायिक वनको खोचबाट बग्ने सामान्य खोलामा राति एक्कासी बाढी आएको स्थानीय रामबहादुर बोहराले जानकारी दिए। उक्त बाढीका कारण मानविय क्षति नभएपनि लाखौंको भौतिक क्षति भएको उनले बताए। बाढीका कारण बुङ्गल नगरपालिकामा सबैभन्दा पहिला बनेको गोइचन गाड लघु जलविद्युत आयोजनाको पावर हावस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। साथै सँगै रहेको ३ वटा पानी घट्ट समेत बगाएको छ। यस्तै गोइचन खोला छेउबाटै निर्माण भएको ग्रामीण सडक ५ पूर्णरुपमा बगाएको छ। त्यस्तै बाढीले गोइचन चकडा खानेपानी आयोजनाको मुल खानेपानी ट्याङ्की र स्थानीयको खेतीयोग्य जमिन समेत बगाएको स्थानीयले बताए। गएराति नै जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा ७ जना वेपत्ता भएका थिए। जसमध्ये ६ जनाको शव फेला परेको छ भने एकजना अझै बेपत्ता छन्। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसका १७ घर बगाएको स्थानीयले जानकारी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x