१२ मंसिर २०८३, शुक्रबार

सिरियाको समुद्रमा डुंगा पल्टिँदा ७० जनाको मृत्यु

एसीपी संवाददाता

८ आश्विन २०७९, शनिबार ०६:२४ मा प्रकाशित

लेबनानबाट आप्रवासी तथा शरणार्थीहरू चढेको डुंगा सिरियास्थित समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सिरिया र लेबनानी सरकारका अनुसार उक्त दुर्घटनामा जीवीत उद्धार गरिएका २० जनाको उपचार भइरहेको छ ।

टर्टोसस्थित बसेल अस्पतालमा उनीहरूको उपचार भइरहेको सिरियाली सरकारले जनाएको छ । सिरियाली यातायात मन्त्रालयले मंगलबार लेबनानको उत्तरी मिन्येह क्षेत्रबाट १२० देखि १५० जना यात्रु डुंगामा यात्रा गरिरहेका थिए ।

सिरियाली बन्दरगाहका महानिर्देशक समेर कुब्रुस्लीले शुक्रबार उनीहरूको खोजी कार्य जारी रहेको बताएका छन् । समेर कुब्रुस्लीले तीव्र हावाका कारण उनीहरूको खोजी कार्यमा कठिनाइ भएको बताए । पछिल्लो समय संकटका कारण लेबनान, सिरिया र प्यालेस्टाइनबाट भागेर युरोप प्रवेश गर्नेहरूको संख्या बढ्दो क्रममा छ । उनीहरू यसरी युरोप जानका लागि जोखिम मोलेर समुद्री र अवैध बाटो अपनाउने गर्छन् ।

हाल डुंगा दुर्घटनाको क्रममा भएको मानवीय क्षतिलाई यसरी युरोप जाने क्रममा भएको सबैभन्दा ठूलो घातक दुर्घटनाको रुपमा व्याख्या गरिएको छ । मृत्यु हुनेमध्ये केही उत्तरी लेबनानस्थित अक्करबाट पनि आएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। साथै केही किशोरीहरू पनि थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x