उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ । संबंधित समाचार – इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?
हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । यो पनि समाचार पढ्नु होला – राम्रो मुस्लिम साबित गर्न हिजाब लगाउन आवश्यक छैन भन्दा कक्षा १२ की टपरलाई मार्ने धम्कि


