१२ मंसिर २०८३, शुक्रबार

नेपालबाट फिर्ता बाेलाइएकी यान्छीलाई चीनले दियाे ‘आसियान’ हेर्ने जिम्मेवारी

एसीपी संवाददाता

१५ आश्विन २०७९, शनिबार ०९:४० मा प्रकाशित

चीनले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी राजदूतमा नियुक्त गर्ने भएको छ ।

नेपालका लागि नयाँ चिनियाँ राजदूतको नाम भने टुंगो लागिसकेको छ । यान्छी चाहिँ आउँदो डिसेम्बरमा आसियान जाने भएकोले उनी त्यो भन्दा अघि नै नेपालबाट बिदा हुनेछिन् ।

यान्छी २०१७ डिसेम्बरमा नेपालका लागि राजदूत नियुक्त भएकी थिइन् । नेपालको पछिल्लो राजनीतिमा यान्छीको भूमिका निकै सक्रिय रहेको थियो । खासगरी, नेकपाको विवादमा यान्छीले चासो राखेकी थिइन् । र, उनले नेकपा विभाजन रोक्न शीर्ष नेताहरूलाई सुझाव दिएकी थिइन् ।

सन् १९९८ देखि २००१ सम्म पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा रहेर काम गरेकी यान्छी २००१ देखि २००७ सम्म चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली देशहरू हेर्ने जिम्मेवारीमा थिइन् ।

त्यसैगरी, सन् २००९ सम्म लस एन्जेलसको कन्सुलरका रूपमा काम गरेकी यान्छी सन् २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयअन्तर्गत नै रहेर एसिया क्षेत्रको सुरक्षा, आर्थिकलगायत क्षेत्रमा काम गरेकी थिइन् । सन् २०१८ देखि नेपालका लागि राजदूत भएर काम गरेकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x