१२ मंसिर २०८३, शुक्रबार

आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु

एसीपी संवाददाता

२२ आश्विन २०७९, शनिबार ०४:३३ मा प्रकाशित

सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ। सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो।

सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन्। सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ।

त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ। कारबाहीका क्रममा यहाँको सेनाका कमाण्डर पनि मारिएका छन्। उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए।

हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x