१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा प्रतिनिधिसभामा ३६ र प्रदेशसभामा ५३ उम्मेदवार कायम

एसीपी संवाददाता

२७ आश्विन २०७९, बिहीबार ०६:३९ मा प्रकाशित

नेपालगञ्ज । निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली आज आयोगले प्रकाशित गरेको हो ।

आयोगले आज उम्मेदवारी फिर्ताको लागि समय दिएको थियो । बाँकेमा प्रतिनिधिसभाका लागि ३७ जनाको उम्मेदवारी परेकोमा आज एक जनाले फिर्ता लिएपछि उम्मेदवारको संख्या ३६ कायम भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ११ जना, क्षेत्र नम्बर २ मा १६ जना र क्षेत्र नम्बर ३ मा ९ जना उम्मेदवार कायम भएका छन् । बाँके ३ मा पार्टी बदलेर नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका रविन्द्रमान श्रेष्ठले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

यी हुन् प्रतिनिधिसभाका उम्मेदवार

 

यस्तै प्रदेशसभाको अन्तिम नामावली पनि प्रकाशित भएको छ । प्रदेशसभामा जम्मा ५३ जना उम्मेदवार भएका छन् । प्रदेशसभा १(१) मा ८ जना, १(२) मा ७ जना, २(१) मा ११ जना, २(२) ११ जना र ३(१) मा ७ जना र ३(२) मा ९ जना उम्मेदवार कायम भएका छन् ।

यस्ता छन् प्रदेशसभाका उम्मेदवार

No description available.No description available.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x