कुन देशमा नकाब , बुर्का लगाउन नमिल्ने बन्दै छ कानुन
हिजाबलाई लिएर विश्वका धेरै देशमा विवाद छ । इरानमा महिलाहरूले यसको विरुद्धमा आन्दोलन गरिरहेका बेला स्विजरल्याण्डमा सार्वजनिक स्थानमा हिजाब लगाउन वा अनुहार छोप्न प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । नियम उल्लङ्घन गरेमा १ हजार फ्रान्क अर्थात ८२ हजार रुपैयाँ जरिवाना हुनेछ । स्वीस संघीय काउन्सिलले संसदमा कानूनको मस्यौदा प्रस्ताव गर्ने घोषणा गरेको छ। अरब न्यूजले यो जानकारी दिएको छ । तर, संसदमा पठाइएको मस्यौदामा बुर्काको नाम उल्लेख गरिएको छैन । यससँगै केही छुटको पनि चर्चा गरिएको छ । संसदले कानूनको मस्यौदा अनुमोदन गरेपछि स्विट्जरल्याण्डमा विधेयक लागू हुनेछ।
स्पुतनिकले सरकारले अनुहार छोप्ने स्वास्थ्य कारण, सुरक्षा समस्या, मौसम अवस्था, स्थानीय चलन, कलात्मक उद्देश्य र विज्ञापनका लागि अनुमति दिने बताएको छ। साथै, कूटनीतिक तथा कन्सुलर कार्यालय, बोर्ड प्लेन, चर्च र अन्य धार्मिक स्थलहरूमा अनुहार छोप्ने प्रतिबन्ध लागू हुने छैन।
स्विट्जरल्याण्डको कुल जनसंख्याको 5% मुस्लिम छन । जसमध्ये धेरै टर्की र बाल्कन राज्यका छन्। सार्वजनिक स्थानमा अनुहार छोप्न प्रतिबन्ध लगाउने प्रस्तावलाई २०२१ मा भएको जनमत संग्रहमा अनुमोदन गरिएको थियो। यसअघि मार्च 2021 मा स्विट्जरल्याण्डले सार्वजनिक स्थानहरूमा अनुहार छोप्न प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियोे ।


