१२ मंसिर २०८३, शुक्रबार

सिरहाबाट अपहरणमा परेका युवकको शव विराटनगरको होटलमा फेला

एसीपी संवाददाता

२९ आश्विन २०७९, शनिबार ०७:२३ मा प्रकाशित

विराटनगरको एक होटलमा सिरहाको युवकको शव भेटिएको छ । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवक अंशु सदाको शव विराटनगरको होटलमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा सदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । प्रहरीका अनुसार होटलको रेकर्डमा असोज २६ गते सदा इन्ट्री भएको देखिएको छ । उनी सिरहाबाट अपहरण गरेको कुरा आएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x