१२ मंसिर २०८३, शुक्रबार

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

एसीपी संवाददाता

३० आश्विन २०७९, आईतवार ०७:४५ मा प्रकाशित

एजेन्सी: रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो। युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको छ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन। उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ।

आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ। उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x