ओली आफ्नै सहकर्मी सिध्याउने षडयन्त्रकारी हुन् । मदन भण्डारीका हत्यारा उहिल्यै पत्ता लाग्थे, ओलीकै कारण पत्ता नलगेको हो । स्वतन्त्र कमिटी बनाउने हो र जम्मा तीन जनालाई समातेर कोरा हान्ने हो भने हत्यारा छिट्टै पत्ता लाग्छ । सात दिनमा हत्यारा पत्ता लाग्छ । घनश्यास भुसालले पार्टी छोडेको होइन गलहत्याएर निकालेको हो ।
एमाले केपी ओली कम्पनीको कमेडी क्लब भइसक्यो । कोमल वली र हिजो आएको सर्वेन्द्र खनालले टिकट पाउने, घनश्याम भुसाल र भीम रावलले टिकट नपाउने, के हो यो ? यो कसलाई न्याय भयो ? गंगा चौधरी, घनश्याम भुसाल, भीम रावललाई किन गाली ? सर्वेन्द्र खनाल कहिले पार्टीमा आएको हो ? भर्खर एउटा पार्टीबाट अर्कोमा पोइल गएजसरी जसपाबाट आएकी अमृता अग्रहरिले समानुपातिकमा टिकट पाउने ?
पार्टीमा योगदान गरेको गंगा चौधरीले किन पाउन नहुने ? किन बाइकट ? दाङमा कोमल वलीको ठाउँमा गंगा चौधरीलाई राख्न सकिँदैन थ्यो ? देश र पार्टीको होइन मेरो राजनीतिक भविष्य जोगाउन भीम रावलहरुलाई सिध्याउनुपर्छ भनेर ओली हिँडेका छन् । किनभने पछिल्लो समय एमसीसी, नागरिकता विधेयकमा भीम रावलको एउटा अडान थियो । रावललाई लाखौ जनताले मान्थे । त्यो कुरा ओलीलाई हानिकारक भयो ।
महाकाली सन्धिदेखि नै हेर्दा ओलीलाई राष्ट्रवादी मान्छे मन पर्दैन । ओलीले नै होइन भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई मध्यरातमा भेटेको ? आजसम्म राणा, राजा, गिरिजासम्मले रअ प्रमुखलाई बालुवाटार छिराएको इतिहास छैन । ओलीले छिराएको होइन ? अनि त्यो मान्छे कसरी राष्ट्रवादी हुन्छ ? जसले विदेशी खुफिया एजेन्सी भाइरसलाई प्रधानमन्त्री निवास छिरायो त्यो मान्छे राष्ट्रवादीको मुखुण्डो ओढ्ने
स्यालले बाघको छाला ओढ्दैमा बाघजस्तो गर्जिदैन के । एमाले अब पतनको बाटोमा गयो । त्यसैले यो पार्टी होइन ओलीको कमेडी क्लब हो । रिहर्सल गरेर जाने कलाकार अटाउँछन् । निष्ठाको राजनीति होइन अभिनय गर्न जान्नुपरयो । ओलीको निर्देशन चल्न सक्नुपर्यो । कम्युनिस्ट पार्टीमा त्यस्तो हुन्छ र ? अन्तरसंघर्ष हुँदैन र ? त्यसकारण ओलीको पत्ता साफ हुन्छ । पत्तासाफै बनाउनुपर्छ । यो षडयन्त्रकारीलाई समाप्त पार्नैपर्छ । होइन भने जनता मार्ने अर्को षडयन्त्र गर्छ । फेरि विध्वंश गर्छ । षडयन्त्रकारीलाई साइजमा ल्याउनुपर्छ ।
यति र ओम्नीलाई पोसेर मुलुक कंगाल हुनबाट जोगाउनुपर्छ । होइन भने राष्ट्रियता कमजोर हुने, अर्थतन्त्र धरापमा पर्छ । त्यसकारण त्यो मान्छेलाई सत्तामा ल्याउनु हुँदैन । सत्तामा ल्यायो भने त्यही दिनबाट विध्वंश सुरु हुन्छ । निष्ठाको राजनीति गर्ने र पार्टी बनाउन योगदान गर्ने घनश्याम भुसाल, भीम रावल, गंगा चौधरीहरु सम्पत्ति हो ।
राष्ट्रियताको सवाल, पार्टी निर्माणको सम्बन्धमा देशहितमा बोल्नेहरुलाई बाइकट गरेर एउटा गुटमा बोल्नेहरुलाई त्यो कमेडी क्लबमा रिहर्सल गर्नसक्नेलाइ समावेश गर्ने एउटा पार्टी हुन सक्दैन । पार्टी भएको भए त अन्तरसंघर्ष हुन्छ । नेताको आलोचना भए पार्टी कमिटीमा राख्न पाउने हैसियत हुन्छ । नेताको आलोचना गर्न पाइन्छ ।
तर त्यहाँ कोही बोल्न नसक्ने भए । आलोचना गरयो कि त्यसको राजनीतिक करिअर सिद्धियो । निष्ठा र क्षमतावान मान्छेहरु राष्ट्रियताको आन्दोलनमा अरुभन्दा पाँच कदम अगाडि बढेर राष्ट्रियता, स्वाधिनता, जनताको आवाज बोल्नेहरुलाई किन माइनस गरियो भन्ने मात्रै प्रश्न हो । अन्य दलमा अन्तरसंघर्षकै कारण गलहत्याएर निकालेको त छैनन नि । नेपालपाना