१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी राजदूतले भेटे गृहमन्त्री खाण, अमेरिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता

एसीपी संवाददाता

६ कार्तिक २०७९, आईतवार १९:२३ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आइतबार भएको भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । नेपालमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको बताए ।

राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर अमेरिकी राजदूत थम्प्सनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x