१२ मंसिर २०८३, शुक्रबार

युक्रेनमाथि संयुक्त आक्रमणको त्रासबीच रुसद्वारा बेलारुसमा पुनः सैनिक तैनाथ

एसीपी संवाददाता

९ कार्तिक २०७९, बुधबार १९:०२ मा प्रकाशित

रुसले आफ्ना फौजलाई छिमेकी मुलुक बेलारुसमा तैनाथ गरेको छ । युक्रेनको उत्तरी सीमाबाट रुस र बेलारुसले संयुक्त रुपमा आक्रमणको तयारी गरिरहेको आशंकाबीच रुसले बेलारुसमा हजारौँ सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यससँगै युक्रेनी सेनाले आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसविरुद्ध चेतावनी जारी गरेको छ । युक्रेनी सेनाले भिडियो सार्वजनिक गर्दै आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसलाई चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि गत फेब्रुअरीको अन्तिम सातामा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा पनि रुसी फौज बेलारुसबाट उत्तरी युक्रेनमा प्रवेश गरेका थिए । पछिल्लो समय रुसी फौज पुनः बेलारुस प्रवेश गरेको समाचार सार्वजनिक भएसँगै फेरि रुसले बेलारुसी सेनासँग मिलेर युक्रेनको उत्तरी सीमाबाट आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको जनाइएको छ ।

‘तपाईहरुको नेतृत्वले बेलारुसलाई यो फोहोरी युद्धमा होमेर मृत्यु र रगतले लतपताउने योजना बनाइरहेका छन् ।’ युक्रेनी सेनाले जारी गरेको भिडियोमा उल्लेख गरिएको छ, ‘यदी बेलारुसी सेनाले रुसी आक्रमणको साथ दिएमा हामी हाम्रो सम्पूर्ण हतियारले जवाफ दिनेछौँ ।’

युक्रेनको दक्षिणी सहर खेर्सन र डोनबास क्षेत्रमा जारी युद्धमा रुसी सेनाले अनपेक्षित रुपमा कमजोर प्रदर्शन गरिरहेका बेला उत्तरी युक्रेनबाट रुस र बेलारुसले पुनः आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोसमक्ष रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो मुलुकलाई साथ दिन दबाब दिइरहेको बीबीसीले जनाएको छ । यद्यपि लुकासेन्को युक्रेनमा जारी असफल युद्धमा रुसलाई साथ दिने मनस्थितीमा नरहेको विश्लेषण गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x