१२ मंसिर २०८३, शुक्रबार

मध्यरातमा इजरायलद्वारा दमासकसमा क्षेप्यास्त्र आक्रमण

एसीपी संवाददाता

११ कार्तिक २०७९, शुक्रबार ०७:४३ मा प्रकाशित

एजेन्सी । बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ । सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए ।

राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ ।इजरायलले सिरियामा दुई दिनमा यो दोस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x