१२ मंसिर २०८३, शुक्रबार

चीनलाई रोक्न भारतसँगको रक्षा सम्बन्धलाई अगाडि बढाउँछौं — अमेरिका

एसीपी संवाददाता

१४ कार्तिक २०७९, सोमबार ००:०४ मा प्रकाशित

वासिंगटन । चीनको विस्तारवादी नीतिबाट प्रभावित तथा शैन्य आक्रमणबाट जोगाउन भारत संगको रक्षा सम्बन्धलाई विस्तार गरेर अघि बढ्ने अमेरिकाले स्पष्ट पारेको छ ।
अमेरिकी सरकारले अमेरिकी राष्ट्रिय रक्षा रणनीति २०२२ जारी गरेको छ, जसमा चिनियाँ आक्रामकतालाई रोक्न भारतसँग रक्षा सम्बन्ध सुदृढ गर्ने अमेरिकी योजनाहरू उल्लेख गरिएको हो ।
“विभागले पिसिआर (पीपुल्स रिपब्लिक अफ चाइना) को आक्रामकतालाई रोक्न र हिन्द महासागर क्षेत्रमा स्वतन्त्र र खुला पहुँच सुनिश्चित गर्न आफ्नो क्षमता बढाउन भारतसँगको हाम्रो प्रमुख रक्षा साझेदारीलाई अगाडि बढाउनेछ,” यसले भन्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x