१२ मंसिर २०८३, शुक्रबार

गठबन्धनका शीर्ष नेता प्रचण्डको निवास पुगे अमेरिकी राजदूत, के भयो कुराकानी ?

एसीपी संवाददाता

१५ कार्तिक २०७९, मंगलवार १४:४८ मा प्रकाशित

काठमाडौं । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष प्रचडको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री प्रचडले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताए ।

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x