१२ मंसिर २०८३, शुक्रबार

मलाई मार्ने षडयन्त्र पहिल्यै थाहा थियो’ : इमरान खान

एसीपी संवाददाता

१९ कार्तिक २०७९, शनिबार ०७:३४ मा प्रकाशित

एजेन्सी =   पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र गरिएको दाबी गरेका छन् ।
बिहीबार गोली प्रहारबाट घाइते भएका खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफूलाई मार्ने योजना बनाइको बारे पहिले नै थाहा भएको समेत बताएका छन् ।

सम्बोधनका क्रममा उनले आफूलाई बाहिर नजान सल्लाह दिइएको पनि दाबी गरेका छन् । साथै उनले आफूलाई चारवटा गोली लागेको पनि बताएका छन् । प्रत्येक खुट्टामा दुई-दुई गोली लागेको उनको भनाइ छ ।

‘प्रत्येक खुट्टामा दुई-दुईवटा गोली लागेको छ । हामीले चारवटा गोली निकाल्यौँ । कुनै गम्भीर चोट लागेको छैन,’ खानको उपचारमा संलग्न चिकित्सकले भनेका छन् । खानले आफू निको भएपछि फेरि सडकमा आउने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x