१२ मंसिर २०८३, शुक्रबार

अनिललाई कांग्रेसको भर, नागरिकता विधेयक जुलीलाई चुनौती

एसीपी संवाददाता

२० कार्तिक २०७९, आईतवार ०७:५४ मा प्रकाशित

काठमाडौं- मधेस प्रदेसको राजधानी जनकपुरधामसमेत समावेश भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा अरू उम्मेदवारहरू पनि चुनावी मैदानमा रहे पनि त्यहाँ द्विपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि त्यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र नेकपा एमालेकी जुलीकुमारी महतोबीच टक्कर हुने देखिएको छ।

धनुषा–३ बाट यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि चुनाव लड्दै आएका थिए। निधि यसपटक समानुपातिकतर्फ बस्ने निधो गरेपछि गठबन्धनको भागबन्डामा त्यो क्षेत्र लोसपाको हिस्सामा परेको छ।

आफू समानुपातिकतर्फ बसेपछि निधिले त्यो क्षेत्रमा कांग्रेसबाट परमेश्वर महासेठलाई चुनाव लडाउन चाहेका थिए। तर, मनोनयन दर्ताको एक दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा धनुषा–३ लोसपालाई सुम्पिएदिए।

२०७४ सालको निर्वाचनमा झा निर्वाचित भएको रौतहट क्षेत्र नम्बर १ बाट नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्दैछन्। नेपाल रौतहट–१ बाट चुनाव लड्ने भएपछि झालाई व्यवस्थापन गर्न धनुषा–३ मा ल्याइएको हो।

पार्टी र राजनीतिक कार्यक्रमहरूमा पटक–पटक धनुषा आइरहे पनि चुनाव लड्ने दृष्टिकोणले झाका लागि त्यो क्षेत्र बिल्कुलै नयाँ हो। रौतहटलाई आधार बनाएर राजनीति अगाडि बढाइरहेका उनी आफूलाई व्यवस्थापन गर्ने उद्देश्यले मात्र त्यहाँ आएका हुन्।

जबकि झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन्। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन्।

२०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट चुनाव लडेका राजेन्द्र महतोलाई ‘अदृष्य’ सहयोग गरेर जुली आफू समानुपातिकतर्फ बसिन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी केही दिन मन्त्रीसमेत भएकी थिइन्।

प्रतिनिधिसभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेस इञ्चार्ज रघुवीर महासेठकी पत्नी हुन्। रघुवीर धनुषा–४ बाट चुनावी मैदानमा छन्।

झामाथि ‘टुरिस्ट’ उम्मेदवारको आरोप

२०७४ सालको निर्वाचनमा गृहजिल्ला सर्लाही छाडेर राजेन्द्र महतो धनुषा–३ बाट चुनाव लडे। एमालेको ‘अदृष्य’ सहयोग पाएका उनले त्यतिबेला निधिलाई पराजित गरेर प्रतिनिधिसभासम्म पुगे।

त्यतिबेला महतोलाई पनि कतिपयले ‘टुरिस्ट’ उम्मेदवार भएको आरोप लगाए। तर, मधेस आन्दोलनलगत्तै भएको त्यो चुनावमा एमालेकोसमेत साथ पाएपछि महतो चुनाव जित्न सफल भए।

चुनाव जितेर गइसकेपछि निर्वाचन क्षेत्रको विकासका लागि देखिने गरी काम गर्न नसकेको आरोप त्यहाँका मतदाताहरूको छ।

अरू जिल्लाबाट आएर चुनाव जितेर गइसकेपछि निर्वाचन क्षेत्रप्रति जवाफदेह नभएको महतोमाथि आरोप छ। धनुषा–३ मा झालाई अहिले त्यही प्रश्नहरूको सामना गर्नुपरिरहेको छ।

चुनाव प्रचारका क्रममा एमालेका कार्यकर्ताहरूले ‘बहरिया र भितरिया’ अर्थात बाहिरकालाई नभएर स्थानीय उम्मेदवारलाई मत दिन मतदाताहरूलाई आह्वान गरिरहेका छन्।

तर, अघिल्लोपटक महतो चुनाव लड्दा बाहिरका उम्मेदवारलाई किन सहयोग गरेको भनेर प्रतिप्रश्न त्यहाँका स्थानीयले एमाले कार्यकर्ताहरूसँग गरिरहेको छ।
जुलीलाई नागरिकता विधेयक चुनौती

धनुषाबाटै समानुपातिक पद्धतिमार्फत पाँच वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी जुली अहिले जनताले उठाएको प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा छिन्।

केही महिनाअघि संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा एमाले त्यसको विरोधमा उभियो।

संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएपछि सबै दलहरू विरोधमा उत्रिँदा एमाले भने राष्ट्रपतिको बचाउमा उभियो।

केही दिनअघि धनुषा–४ बाट उम्मेदवारी दिएका उनका पति रघुवीरले ‘एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता सम्भव नहुने’ सार्वजनिक

अभिव्यक्ति दिएका थिए।

अहिले गठबन्धनका उम्मेदवार र नेता–कार्यकर्ताहरू ‘सिन्दुरको अपमान’ गर्ने दल र त्यसका उम्मेदवारलाई मत नहाल्न प्रचारप्रसार गरिरहेका छन्।

झालाई कांग्रेसको भर

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर देशभर र मधेसमा सक्रिया राष्ट्रिय जनता पार्टी (हाल लोसपा) र संघीय समाजवादी फोरम (हाल जसपा) ले तालमेल गरेर चुनाव लडेको थियो।

संविधान निर्माणका बेला सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई मधेस आन्दोलनको ‘ब्याक फायर’ आफूले भनिरहेको ‘उर्वर भूमि’ मधेसमै भयो।

त्यसअघिका निर्वाचनहरूमा मधेसमा मजबुत प्रदर्शन गरेको कांग्रेसले २०७४ मा नराम्रो हार बेहोर्नुप¥यो। त्यो चुनावमा मधेस केन्द्रित दलको नेता र कार्यकर्ताको सिधा निशानामा धनुषा–३ मा परेका थिए कांग्रेस नेता निधि।

पाँच वर्षपछि धनुषा–३ को राजनीतिक परिदृष्य फेरिएको छ। २०७४ सालको चुनावमा मधेसको ‘शत्रु’ का रूपमा प्रस्तुत गरेका दलहरूसँग गठबन्धन गरेर चुनावमा होमिएका छन्, मधेस केन्द्रित दलहरू।

लोसपा यतिबेला कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध छ भने जसपाले एमालेसँग तालमेल गरेको छ।

कांग्रेस र एमालेबीच सिधा प्रतिस्पर्धा भइरहने धनुषा–३ मा यसपटक सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच टक्कर हुने निश्चित छ।

सांगठनिक हिसाबले त्यो क्षेत्रमा लोसपा कमजोर देखिन्छ। तर, कांग्रेसले दिइरहेको दह्रिलो साथका कारण लोसपा उम्मेदावर झा बलियो देखिन थालिएका छन्।

रौतहटबाट आएर चुनाव लडिरहेका झाको पक्षमा जनमत बन्दै जानु जुलीका लागि क्षति हुनसक्ने स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उपमेयरमा चुनाव लडेका निर्मल चौधरी बताउँछन्।

‘जुलीजीको तयारी धेरै अगाडिदेखिको हो। अनिलजी त भर्खर आउनुभएको हो। उहाँको मत प्लस हुनुको अर्थ एमालेको घट्नु नै हो,’ उनले भने।

कांग्रेसको इमानदार साथ पाए गठबन्धनका उम्मेवार झाको जित लगभग पक्का रहेको उनको भनाइ छ।

कांग्रेस र एमालेबीच सिधा प्रतिस्पर्धा भइरहने धनुषा–३ मा यसपटक सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच टक्कर हुने निश्चित छ।

सांगठनिक हिसाबले त्यो क्षेत्रमा लोसपा कमजोर देखिन्छ। तर, कांग्रेसले दिइरहेको दह्रिलो साथका कारण लोसपा उम्मेदावर झा बलियो देखिन थालिएका छन्।

रौतहटबाट आएर चुनाव लडिरहेका झाको पक्षमा जनमत बन्दै जानु जुलीका लागि क्षति हुनसक्ने स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उपमेयरमा चुनाव लडेका निर्मल चौधरी बताउँछन्।

‘जुलीजीको तयारी धेरै अगाडिदेखिको हो। अनिलजी त भर्खर आउनुभएको हो। उहाँको मत प्लस हुनुको अर्थ एमालेको घट्नु नै हो,’ उनले भने।

कांग्रेसको इमानदार साथ पाए गठबन्धनका उम्मेवार झाको जित लगभग पक्का रहेको उनको भनाइ छ।

धनुषा–३ गुमाउनुपरेको आक्रोश त्यहाँका कांग्रेस कार्यकर्ताहरूमाझ देखिएको छ। कांग्र्ेसका आक्रोशित कार्यकर्ताहरूको मत एमाले उम्मेदवार जुलीतिर जानसक्ने विश्लेषण पनि त्यहाँ भइरहेको छ।

तर, कांग्रेसको सबै मत एक ढिक्का भएर गठन्धनका उम्मेदवार झातर्फ गएको अवस्थामा जुुलीलाई जित निकाल्न त्यो क्षेत्रमा सकस पर्ने देखिन्छ।

यस्तो छ आँकडा

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने त्यो क्षेत्रमा कांग्रेस सबैभन्दा अगाडि देखिन्छ।

धनुषा–३ मा जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये १६ वडाका साथै नगराईन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र विदेह नगरपालिकाको एउटा वडा समावेश छ।

जनकपुरधाम उपमहानगरपालिकाको १६ वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत १० हजार ४६६ छ।

कांग्रेसपछि सबैभन्दा बढी मत एमालेले पाएको छ। एमालेको ६ हजार ५५२ मत छ भने लोसपाको ५ हजार १८४ र जसपाको २ हजार ६३२ मत छ।

त्यस्तै नगराईन नगरपालिकामा पनि कांग्रेसकै वडाध्यक्षका उम्मेदवारहरूले बढी मत ल्याएका छन्।

त्यो नगरपालिकामा कांग्रेसले ६ हजार ८९६ मत पाउँदा एमालेले ५ हजार १४९ मत ल्याएको छ। त्यस्तै लोसपाको १ हजार ५४३ र जसपाको जम्मा ५७४ मत छ।

धनौजी गाउँपालिकामा कांग्रेसले २ हजार ८१६, एमालेले १ हजार ५७९, लोसपाले १ हजार ५९० र जसपाले ८६० मत पाएको छ।

धनुषा ३ मै पर्ने विदेह नगरपालिकाको एकमात्र वडा वडा नम्बर ९ मा कांग्रेसको २८१, एमालेको ६९१, लोसपाको ३३, जसपाको ५ र नेकपा (एकीकृत समाजवादी) को ५४४ मत छ।

धनुषा क्षेत्र नम्बर ३ का पालिकाहरूको वडामा वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मत हेर्दा कांग्रेसको सबैभन्दा बढी २३ हजार ३४९ मत छ।

त्यसपछि एमालेको १६ हजार १८९, लोसपाको ८ हजार ४९० र जसपाको ८ हजार २४३ मत छ।

त्यो क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले ३ हजार २८३ मत पाउँदा माओवादी केन्द्रका वडाध्यक्षहरूले ६५६ मत पाएका छन्।

स्थानीय तह निर्वाचनमा लोसपाले पाएको ८ हजार ४९० मतमा गठबन्धनका घटक दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत थपिँदा ३३ हजार ७७८ पुग्छ।

जबकि एमाले–जसपा गठबन्धनको मत २४ हजार ४३२ हुन्छ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले पाएको मतअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झालाई जित निकाल्न कांग्रेसको साथ अनिवार्य देखिन्छ।

तर, प्रतिनिधिसभा सदस्यमा जित निकाल्न स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतलाई मात्रै आधार बनाउन उपयुक्त नहुने त्यहाँका स्थानीयहरूको भनाइ छ।

चुनावका बेला हुने जातीय धु्रवीकरणले पनि अन्तिम नतिजालाई प्रभावित पार्नसक्ने आकलन पनि गरिएको छ, धनुषा ३ मा।

मधेस प्रदेसका अरू निर्वाचन क्षेत्र जस्तै धनुषा ३ मा पनि उम्मेदवारहरूको जातीय समीकरणले चुनावी नतिजा फरक पर्ने गरेको छ। आयोमेल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x