झिनो मतान्तरले पराजित भएका गुप्तालाई पाखा लगाउदा , बाके २ को चुनाव जित्न ईस्तियाक राईलाई सकस
नेपालगन्ज बाके – मधेश आन्दोलनका लोकप्रिय युवाहरूको नेता दुर्गेश गुप्ता आसन्न निर्वाचन मौन बस्न बाध्य भएका छ्न । न म कसैलाई समर्थन गर्छु न बिरोध तर बजार उनको निकै चर्चा छ । यहि मंसिर ४ गते हुन लागेको निर्वाचनमा उनी जनता समाजवादी पार्टीका नेता एवं पुर्ब मन्त्री र बाके छेत्र नम्बर २ का तत्कालीन सासद मोहम्मद ईस्तियाक राईले गुप्ता पाखा लगाएका छ्न । गुप्तालाई पाखा लगाउदा राईलाई चुनाव जित्न सकसमा परेका छ्न । सधै जनताको आवाज बनी रहेका गुप्ता निकै लोकप्रिय हुनुमा युवाहरूको ठुलो जमात उनकै अनुसरण गरेको पाईन्छ । सदरलाईन पुर्ब लाईन धम्बोझिमा बजारका ब्यापारी र अन्य उनलाई निकै मन पराएको हो । २०७४ सालमा उनी नेपाली काङ्ग्रेस प्रदेश सासद सङ झिनो मतान्तरले पराजित भएका थिए । यश पटक जसपाले उनलाई टिकट दिएन । उनलाई पाखा लगाउनु कारण जिल्ला कमिटी र पुर्ब मन्त्री राईको पुर्वाग्रह प्लान रहेको युवाहरु कार्यकर्ताहरुले बताएका हुन । गुप्तालाई अहिले रोकेनौ भने पछि पार्टीमा गुप्ता नै हावी हुने डर रहेको हो कि भन्ने जनता बाट कुराको चर्चा शुरु भएको छ । मधेश आन्दोलन देखि हाल मधेसी जनताको आवाज बन्दै युवाहरुको हकअधिकारका वकालत गर्दै आएका दुर्गेश पाखा लगाउने विभिन्न कारणहरु रहेका छ्न । गुप्ताले मधेश आन्दोलनका बेला आफ्नो ब्यापार ब्यवसाय को चिन्ता नगरी पार्टीम योगदान गरेका थिए । गुप्ता जस्तै थुप्रै नेता कार्यकर्ताहरु छ्न तर जसपामा जातिवाद हावी हुन थालेको छ भन्ने बहस शुरु भएको छ । यश पटक उनलाई पार्टीले नै पाखा लगाउदा मोहम्मद ईस्तियाक राई पराजितको कारण बन्ने कि चर्चा परिचर्चा शुरु भएको छ । युवा नेता तथा मधेसका हिरो दुर्गेश गुप्तालाई जसपाले महत्त्व नदिनु का कारणहरु जनताले चुनावमा राईको विपक्षमा मतदान गरि जवाफ दिने युवाहरुको एउटा् ठुलो जमात लागेको छ । बाकेमा राई विरुद्ध महौल बनाउनमा उनकै पार्टीका नेता शमसुल राईले उम्मेद्बारी दिएका छ्न । जसपाले आफ्नो आन्तरिक कलहले पनि चुनाव जित्न नसक्ने चर्चा शुरु भएको हो । बाकेमा स्थानीय निकायमा काङ्ग्रेस सङ गठबन्धनले उपमहानगरपालिकामा उपमेयर जित्न सफल भएका हुन तर राई सहित नेता कार्यकर्तामा जातीयताको नारा दिएर पनि चुनाव जित्ने भनी रहेका छ्न ।


