४ कार्तिक २०८३, मंगलवार

नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

एसीपी संवाददाता

२९ मंसिर २०७९, बिहीबार ०९:४७ मा प्रकाशित

काठमाडौँ। मुलुक आवधिक निर्वाचन सकिएसँगै नयाँ सरकारको पर्खाइमा छ। नयाँ सरकार गठनका लागि दलहरूले आ-आफ्नो गृहकार्यलाई अघि बढाइरहेका छन्।

निर्वाचनको मत परिणामलाई हेर्दा सामान्य रुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरू नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्। नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ।

तर, उत्तरी छिमेकी चिनले भने नेपाली काँग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूत यान्छीको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्चालन भइरहेको छ।

यद्यपि दूतावासमा रहेका कर्मचारीहरूले भने कम्युनिस्ट नेताहरूसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्। चीनले सकेसम्म काँग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा लागेको छ।

यसैका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई उत्तरी छिमेकी चीनले बोलाएको हो। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको पनि पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो। तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ।

चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको हो। यसका लागि नेपालमा रहेका चिनियाँ कूटनीतिज्ञहरूले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीका नेताहरू भेटघाट गरिरहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x