डा. केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम

सत्याग्राही डा.गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम गरिएको छ ।
विगत लामो समयदेखि अमरण अनसनमा बस्नु भएका डा केसीको माँग तथा जिवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न नेपालगंजमा दबाब मुलक कार्यक्रम गरिएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा शुक्रबार बिभिन्न क्षेत्रका समाजिक कार्यकर्ता अधिवक्ता , समाजसेवी राजनितीक,ब्यापारीहरु सहयोगमा कार्यक्रमहरु गरेको हो । बैठकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
- निजगढमा निर्माणका लागि अस्वीकार गरेको स्विट्जरल्यान्डले उत्तर प्रदेशमा बनाउने भयो अन्तर्राष्ट्रिय विमानस्थल
- चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार
- चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती भयानक हुने अमेरीकी चेतावनी
साँझ ५ बजे विपी चोकमा दबाब कार्यक्रम डा.केसी हकअधिकार लागि र उनको जिवनरक्षको दबावमुलक कार्यक्रम गरिएको छ ।२४ गते जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक समाजको तर्फबाट रिले अनसन (अनिश्चितकालीन) गर्ने तय गरेको छ । बैठकले केसीको माग पुरा गराउन विश्वजित तिवारीको संयोजकत्वमा दबाब समुह गठन गरेको छ ।
समुहका सदस्यहरुमा गैसस महासंघ बाँके प्रतिनिधी, कृष्णदेबी पाण्डे, जयसिंह केसी, र ललित रौनियार रहनुभएको छ । स्वास्थ्य, शिक्षा र सुशासनको बिषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.गोबिन्द के.सी. गत २५ दिन देखि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमान्डौको त्रिभुवन यूनिभर्सिटी टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बस्नु भएको छ ।

हाल उहाँको स्वास्थ्य अवस्था अति नै गम्भीर अवस्थामा पुगी सक्दा र चारै तर्फबाट नेपाली जनता, नागरिक समाज, स्वास्थ्यकर्मीहरु समेतको व्यापक दवाबका कारण हिजो सरकारले केसीसँग वार्ता गर्ने गरी वार्ता टोली गठन गरेको प्रति बैठकले खुसी समेत व्यक्त गरेको छ ।








