१२ असार २०८३, शुक्रबार

गाउँपालिकालाई बि ग्रुबको सहयोग

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १७:२९ मा प्रकाशित

भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोरोनाले गर्दा सृजना गरेको समस्यालाई कम गर्नको लागि शुक्रबार खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहित विभिन्न सामान सहयोग गरेको छ ।
कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिका र वडा नम्बर ३ का स्थानीयलाई हात धुनका लागी प्रयोग गरिने बाल्टिन र साबुन प्रदान गरेको छ ।
बि–गु्रपले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत खजुरा गाउँपालिकामा कोरोनाबाट बच्नका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ ।


शुक्रबार बि–गु्रपका कार्यसमिति सचिव टेक बहादुर पुनले खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक र ३ नम्बर वडा अध्यक्ष कान्तीराम गौतमलाई स्वास्थ्य सामाग्री प्रदान गरे ।
बि–गु्रपले गाउँपालिका र वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी प्रदान गरेको छ ।

स्वस्थ्य

डा.केसीको माग तत्काल सम्बोधन गर्न बाँकेमा नागरिक स्तरबाट दबाव शुरु


कार्यक्रम संयोजक प्रकाश शर्माले लकडाउनका समयमा धेरै विद्यालयलाई क्वारेनटाइनका रुपमा प्रयोग गरेकाले त्यसलाई सुरक्षित गराउनका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताए ।

उनले भने, ‘हामीले दिएका सामाग्रीले विद्यालयका विद्यार्थी मानसिक तनावलाई कम गर्न सहयोग गर्नेछ । क्वारेनटाइनका रुपमा प्रयोग भएका विद्यालय अझै पुर्ण रुपमा सुरक्षित छन भन्न सकिन्न । विद्यार्थीले प्रयोग गर्न अघि त्यसको सरसफाइ र स्वच्छ बनाउन जरुरी छ ।

स्वस्थ्य

‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय भवन निर्माण सम्पन्न

त्यसका लागि हामीले दिएका सामाग्रीले थोरै भएपनि सहयोग गर्ने विश्वास लिएका छौं ।’
स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको ।
बी–ग्रुपकी जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीले अहिलेको संकटपुर्ण समयमा समस्यामा परेको गर्भवती, विपन्न वर्ग र समस्यामा परेको मानिसलाई सहयोग गर्ने लक्ष्यले कार्यक्रम संचालन भैरहेको बताइन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x