२८ कार्तिक २०८३, शुक्रबार

विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित

एसीपी संवाददाता

२२ आश्विन २०८०, सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी ।एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा उपाधीको दाबेदार अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सानदार सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । खराब ब्याटिङक सुरुवात गरेको भारतका तीन जना खेलाडीले रन जोड्न सकेनन् । भारतका कप्तान रोहित शर्मा, ओपनर ईशान किशन र श्रेयस ऐर शुन्य रनमा आउट भए । त्यस लगत्तै ब्याटिङमा आएका विराट कोहोली र केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित दिलाएका हुन् । कोहलीले ८५ र राहुलले ९७ रन बनाए । त्यस्तै हार्दिक पाण्डेय ११ रनमा आउट भए ।
अष्ट्रेलियका लागि जोश हेजलवुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २र२ विकेट लिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x