मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप प्रदर्शन
मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप जिल्ला प्रशासन कार्यालय कास्की अगाडि हिन्दु परिषद् नेपाल, राषि्ट्रय धर्म सभा नेपाल, विश्व हिन्दु महासंघ लगायत कस्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ता दीपक आचार्य, शंकर खराल, पार्बता पौडेल, कमल पौडेललगायतको समूहले बुधबार एक घण्टे धर्ना दिए ।
धर्ना पश्चात् जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख अधिकारी ज्ञानप्रसाद ढकाललाई विश्व हिन्दु महासंघ कास्कीका महासचिब कमल पौडेलले वाचन गरी जिल्ला अध्यक्ष पार्बता पौडेलद्वारा ज्ञापनपत्र बुझाईएको थियो ।
नेबिसंघका महामन्त्री बैद्यद्वारा बिपन्न परिवारलाई खाद्यान्न बितरण
धार्मिक अभियन्ता विश्व हिन्दु महासंघ गण्डकी प्रदेश अध्यक्ष शंकर खरालले मठ मनि्दर बन्द हुँदा सो आम्दानीबाट चल्ने गुरुकुल लगायत फुल बेचेर जिविका चलाउनेहरुको दैनिकी समेत कष्टकर भएको भन्दै तत्काल मनि्दर प्रबेशको बातावरण बनाउन अनुरोध गरे ।
धर्नामा हिन्दु परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले धर्म मान्ने अधिकार ब्यकि्तमा निहित रहेकोले मौलिक हक प्रयोग गर्न तथा संबिधान लाइ सम्मान गर्न राज्यसँग अनुरोध गरे ।
गच्छदारको सम्पत्ति रोक्का , विष्णु पौडेललाई पुरस्कृत कसरी
मन्दिर प्रबेशमा रोक नलगाई सामाजिक तथा भौतिक दुरी कायम गरी सबै सुरक्षाका उपाय अपनाएर भए पनि मन्दिर दर्शन गर्न दिनुपर्ने माग अभियन्ताहरुको रहेको छ ।गाँउशहरबाट /तस्बिर सहित



