२ श्रावण २०८३, शनिबार

विहीबार थप ५१ जना डिस्चार्ज

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार ०२:५२ मा प्रकाशित

बाँकेमा विहीबार थप ५१ जना डिस्चार्ज भएका छन् । विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होमआइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यो जिल्लामा निको हुने दर ८०.१८ प्रतिशत हो । आज थप ५१ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x