२ श्रावण २०८३, शनिबार

नवनियुक्त सदस्यद्धय लाखे र श्रेष्ठ सम्मानित

एसीपी संवाददाता

७ कार्तिक २०७७, शुक्रबार ०४:०७ मा प्रकाशित

 काठमाण्डौं कार्तिक

नेपाल सरकार मन्त्रीपरिषद्को असोज २९ गतेको निर्णण अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनु भएकोमा पुरेन्द्रविक्रम लाखे र सुवर्णाकेशरी श्रेष्ठलाई ललितपुर आईटिएफ तेक्वान्दोले बिहिवार सम्मान गरेको छ ।

महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले सदस्यद्धयलाई सम्मान गदै भने हाम्रो पालिकामा खेलाडी प्रतिभामा कुनै कमि छैन , यहाँ हरेक खेलका नेश्नल हिरो थुप्रै हुनुछन् ,केबल नेतृत्वको कमि थियो,मलाई बिश्वास छ अब त्यो पनि पुरा भएको छ । यहि माटोमा हुर्किएका अग्रज खेलाडीद्धयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्ति पाउनु भएको छ ।

म शुभकामना दिन चाहन्छु ,वहाँहरुको कार्यकालमा समग्र खेलकुदले अझ उचाई लिने छ । प्रमुख श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल बनाउने आफ्नो सपना रहेको बताउदै भने कभर्डहल बनाउनु नगरपालीकै सान र प्रतिष्ठाको कुरा हो, सबै खर्च नगरपालिकाले गर्न सक्दैन यदपी हामी आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन् ।सम्मानित भएका कराँतेका सातौ डान लाखेले आफुसँग लुभुको साईनोको प्रसंग उठाउदै भने २०४४ सालमा तौतारामा शुरु गरेको मर्सलआर्टले अहिले धेरै फड्को मारि सकेको छ ।

शाहको संयोजकत्वमा कांग्रेसद्वारा कोरोना अनुगमन समिति बिस्तार

नेपालको यो धर्तिमा आकाशमा सुर्य उदाउनु अगाडि कुनै खेल हुन्छ भने त्यो मार्सलआर्ट नै हो । सम्मानित अर्का महिला सदस्य श्रेष्ठले कभर्डहल बनाउन लागि पर्ने बताईन् । कोरानाका कारण सामाजिक दूरी कायम गरि गरिएको बिजय दशमीको शुभकामना तथा सम्मान कार्यक्रममा आईटिएफका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,आईटिएफका प्रदेश ३ का अध्यक्ष उमेश राजथला,आयोजक ललितपुर आईटिएफका अध्यक्ष निलकुमार महर्जन,खेलाडी,प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । 

https://acpnewsnepal.com/?p=9433#.X5JWjSgzaUk            

                                             

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x