श्री हनुमान चालिसा पाठ महोत्सव-२०८० को नेपालगन्जमा शोभायात्रा र्याली
रिसब सिंह बाडिया नेपालगन्ज – श्री हनुमान चालिसा पाठ महोत्सव-२०८० को आज नेपालगन्जमा भब्य र्याली निकालिएको छ । आज पौष २१ गते शनिवारका दिन बिहान ११:०० बजे नेपालगंजको रानीतलाउ नाजिक रहेको काली माता मन्दिर देखी शोभा यात्रा शुभारम्भ गरी नगर परिक्रमा गरी काली माता मन्दिरमा आयर सम्पन्न भयो ।
त्यसपछी सुन्दर काण्ड पाठ तथा श्री हनुमान चालिसा पाठ प्रारम्भ भई सकेको छ ।
रुद्राभिषेक, २०८० पौष २२ गते आईतबार देखि २७ गते शुक्रबार सम्म बिहान १०:०० बजे देखी शुरू हुने छ ।
माता महाकालीको अभिषेक एवं भव्य श्रृंगार, २०८० पौष २३ गते दिन सोमवार हुने छ ।
२०८० पौष २४ गते दिन मंगलबार रक्तदान विहान १० बजे देखि शुरु महाआरती रात्री ८ बजे देखी शुरू हुने छ ।
२०८० पौष २६ गते दिन बिहिबार अखण्ड रामायण पाठ साथ साथै हवन, लक्ष्यबत्ती दीपदान कार्यक्रम हुने छ ।
२०८० पौष २८ गते दिन शनिवार दिउसो ०१:०० बजे, पूर्णाहूति) महाप्रसाद एवं भजन किर्तन हुने छ । हलचल फाउण्डेशन नेपालगंजले आयोजना धार्मिक कार्यक्रम सबै भक्तजन सहभागिता जनाई दिन आयोजकले अनुरोध गरेको छ ।

तस्वीर – सुनील कश्यप


