१२ मंसिर २०८३, शुक्रबार

सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण शुरु

एसीपी संवाददाता

२९ पुष २०८०, आईतवार १४:३८ मा प्रकाशित

श्याम कुमार साहु– नेपालगन्ज उमहानगरपालिकामा चिसो बढे पछि नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण  गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आज बिहान देखी दाउरा वितरण सुरु गरेको हो। नेपालगन्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी नायब उपरीक्षक नारायण डाँगी,प्रवक्ता प्रमोद रिजाल, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले बिहान नगरका प्रमुख ठाउँहरूमा दाउरा वितरण गर्नुभएको हो।

रामलिला मैदान, भेरी अञ्चल अस्पताल को अगाडि, त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक, बस पार्क, धम्भोजि चोक, मानव सेवा आश्रम, निलसगर सेवा आश्रम लगायत ठाउँहरू मा आगो ताप्रे ब्यावस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x