१२ मंसिर २०८३, शुक्रबार

नेपाल वायुसेवा निगमको जहाज ग्राउन्डेड, यात्रुलाई आज दोहा पठाइने

एसीपी संवाददाता

२ माघ २०८०, मंगलवार १९:२१ मा प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्राविधिक समस्याका कारण त्रिभुवन विमानस्थलमै ग्राउन्डेड भएको छ।

कतारको दोहा उड्ने तयारीमा रहेको जहाज मंगलबार साँझ विमानस्थलमै ग्राउन्डेड भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

योसँगै जहाजका यात्रुलाई निगमले आज साँझ हुने उडानबाट दोहा लैजाने बताएको छ। ए३३० सिरिजको वाइडबडी जहाजमा समस्या आएको थियो।

यसअघि पुस २३ मा पनि नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आउँदा थाइल्यान्डको बैंकक जान लागेका डेढ सय यात्रु विमानस्थलमा अलपत्र परेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x