२८ कार्तिक २०८३, शुक्रबार

दाक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपअन्तर्गत पहिलो खेलमा रेड्डीले सतक प्रहार

एसीपी संवाददाता

७ माघ २०८०, आईतवार १७:३७ मा प्रकाशित

न्युजिल्यान्डका स्नेहिथ रेड्डीले नेपालविरुद्ध सतक प्रहार गरेका छन्। दाक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपअन्तर्गत पहिलो खेलमा रेड्डीले सतक प्रहार गरेका हुन्।

१०६ बल सतक प्रहार गर्दै रेड्डीले ८ चौका र २ छक्का प्रहार गरे। त्यसअघि टम जोनेश ३३ रन, लुके वाट्सन १४ र ओस्कार ज्याक्सन ७५ रनमा पेभेलियन फर्किएका थिए।

ओलिभर, लचलन र ज्याक शून्य रनमै आउट भएका थिए। नेपालका लागि गुल्शन झाले २ र सुवास भण्डारी, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक-एक विकेट लिए। गुल्झनले लगातार दुई विकेट लिएका थिए।

टस जितेर ब्याटिङ गरेको न्युजील्यान्डले ४६ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा २५५ रन बनाएर खेलिरहेको छ। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x