१२ मंसिर २०८३, शुक्रबार

पासपोर्ट बनाउन पनि घुस, घुस लिने र दिने दुबैविरुद्ध मुद्दा

एसीपी संवाददाता

१४ माघ २०८०, आईतवार २३:५० मा प्रकाशित

काठमाडौं । पासपोर्ट अर्थात् राहदानीका लागि पनि घुस लेनदेन हुने गरेको पाइएको छ  । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत तत्कालिन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एर्क सेवाग्राहीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएका थिए । अख्तियारले घुस लिने भट्टराई र दिने सापकोटा दुबैविरुद्ध मुद्दा दायर गरेको हो ।

सापकोटाले घुस लिन इन्जिनियर भट्टराईलाई दुरुत्साहन दिएको आरोप छ । उनले भट्टराईसँग मिलेमतो गरी घुसवापतको रकम भट्टराईको खातामा रकम जम्मा गरेको पाइएको अख्तियारको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x