४ असार २०८३, बिहीबार

नागरिक समाजका अगुवाहरुको बैठक नेपालगन्जमा सम्पन्न

एसीपी संवाददाता

१९ माघ २०८०, शुक्रबार १५:४५ मा प्रकाशित

नेपालगन्ज  माघ – पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएको छ । नेपालगन्ज शहरको समग्र विकासका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
नेपालगन्जलाई अन्तर्राष्ट्रिय स्तरसम्म सिधै जोडेर त्यहाँबाट पर्यटक भित्र्याउन कैलास मानसरोबर यात्रा, नेपालगन्ज जनकपुर, भारतको आयोध्यासम्म दैनिक बस सेवा सञ्चालन लगायतको पहल गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको आज नागरिक समाजका अगुवाहरुको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले नेपालगन्ज नगरमा पशुछाडा चौपायाको नियन्त्रण, सरसफाई, ट्राफिक व्यवस्थापन, अस्पतालको व्यवस्थापन, वाताबरणको संरक्षणलगायतका विषयलाई प्रभावकारी रुपमा उठाउने निर्णय गरेको छ ।
बैठकमा सहभागि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले पश्चिम नेपालको पहिचानको रुपमा रहेको नेपालगन्ज शहरको समग्र विकासका लागि सबै राजनितिक दलहरुले साझा मुद्दाको रुपमा उठान गरि सम्वन्धित निकायसम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले यहाँको विकासका लागि नीति कानून निमार्ण गर्ने ठाउँ र संसद बैठकमा समेत दबाब दिने भन्दै बाँकेबाट निर्वाचित सबै संघ र प्रदेशका सासदहरु एकजुट भई अवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालगन्जका मुद्दालाई केलाएर समाधानका लागि कहा कहा जानुपर्दछ, हामी गएर पहल गर्छौ ।’ त्यसका लागि राजनितिक सहमती जरुरी छ उहाँले भन्नुभयो ।
बैठकले नेपालगन्जका एक एकवटा सवाललाई उठान गरि सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।
बैठकमा नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, नागरिक समाज बाँके संयोजक कृष्णप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता प्रकाश उपाध्याय, गोपाल गिरी, कृष्णमुरारी प्रसाद भट्ट, मैमुना सिद्दिकी, सुर्यलाल यादव, अरुणकुमार तिवारी, अधिबक्ता बलबहादुर चन्द, कोहीनूर मल्ल ठकुरी, करिम खान लगायतले बोल्नु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x