१ श्रावण २०८३, शुक्रबार

राहत र उद्दारमा जुटन् कांग्रेस महामन्त्री शशांकको आग्रह

एसीपी संवाददाता

२७ असार २०७७, शनिबार ०४:२२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लगातार बर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न भाग भएको जनधनको क्षति प्रति दुख व्यक्त गरेका छन् ।

कोइरालाले विषेश गरि सिन्धुपाल्चोक, कास्की, गुल्मी, म्याग्दी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा पुर्‍याएको जनधनको क्षतिले आफुलाई अत्यन्तै दुःखी तुल्याएको भन्दै सामाजिक संजाल मार्फत दुख व्यक्त गरेका छन् ।

उनले पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको तत्काल ध्यान पुर्याउन आवश्यक रहेको भन्दैनेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासनको समन्वयमा उद्धारमा खटिन समेत आग्रह गरेका छन् ।

महामन्त्री कोइरालाले विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन समेत सबैमा अपील गरेका छन् । सभार – नेपाल मार्ग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x