१२ मंसिर २०८३, शुक्रबार

अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

एसीपी संवाददाता

२३ असार २०७८, बुधबार १३:३० मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ३१ वर्षीय अजिज अहमद शेषको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बक्ती पहिला नेपालगन्ज वडा नं १२ मा बस्दै आएका थिए । हाल वडा नं २१ पुरैनामा बस्दै आएका शेषलाई गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १९, फुटाहाबाट शेषलाई सो पेस्तोलसहित पक्राउ गरेको हो ।

शेषलाई एटलस साईकलमा पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषयमा अनुसन्धान भईरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x