१२ मंसिर २०८३, शुक्रबार

अध्यक्ष यादवको दोहोरो चरित्रका कारण उनलाई छाड्नेको संख्या बढ्दै

एसीपी संवाददाता

५ आश्विन २०७८, मंगलवार ०२:१० मा प्रकाशित

५ गते असोज २०७८ मंगलबार । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक समीकरणमा फेरबदल आएको छ । अध्यक्ष उपेन्द्र यादवले दोहोरो चरित्र देखाएपछि उनलाई छाड्नेको संख्या बढ्दैछ ।

खासगरी अमेरिका सहायता परियोजनामा एमसीसीमा उपेन्द्रले माओवादी अध्यक्ष प्रचण्डजस्तै द्वैध चरित्र देखाएपछि सांसदहरुले साथ छाड्न थालेका छन् ।

एमसीसीलाई लिएर जसपामा नयाँ गुट निर्माण भएको छ । नेपालको विद्युत प्रसारण लाइन र पूर्वाधार सडक विकासमा कायापलट ल्याउने परियोजनाको पहिले मन्त्री हुँदा समर्थन र अहिले विरोध गरेपछि जसपामा उपेन्द्रसँग असन्तुष्टहरुको संख्या बढ्दै गएको छ ।

हाल पनि सत्ता गठबन्धनमा रहेका उपेन्द्रले प्रचण्डको पछि लागेर विरोध जनाएपछि पार्टीमा असन्तुष्टि बढेको हो ।

एकातिर उपेन्द्र विरोधमा उत्रेका छन् भने अर्कोतिर बाबुराम भट्टराई पक्षमा छन् । यस्तोमा पार्टीका प्रभावशाली सांसद तथा उपेन्द्रका दाहिने हात मानिने इस्तियाक राईले लाइन चेञ्ज गरेका छन् । उनले उपेन्द्रको लाइन छाडेर बाबुरामको लाइन समातेका छन् । उपेन्द्रको द्वैध चरित्रको विरोध गरेका छन् । राई एमसीसीको पक्षमा उभिएका हुन् ।

उनले एमसीसीको कुन कुन बुँदा राष्ट्रघाति छ भनेर यो प्रकरण उचाल्ने भीम रावललाई प्रश्नसमेत गरेका छन् । उनले रावलमात्रै होइन एमसीसीलाई धेरै जानेर उचालिरहेका वरिष्ठ अधिवक्ताहरुलाई पनि जानकारी गराइदिन भन्दै व्यंग्य गरेका छन् ।

यसअघि राई हल्लाका भरमा एमसीसीको विरोध गर्दै उपेन्द्रकै पक्षमा थिए । तर अहिले वास्तविकता बुझेपछि उनले विरोध गरिरहेकाहरुलाई प्रश्न गरेका छन् ।नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x