अफगानिस्तानमा गुरुद्वाराबाट झन्डा हटाईएको भन्दै भारतद्वारा कडा निन्दा
एजेन्सी । अफगानिस्तानको पाक्टिया प्रान्तको एक गुरुद्वाराको छतबाट सिखहरुको धार्मिक झण्डा निशान साहिब हटाएको भन्दै निन्दा गरेको छ ।
निशान साहिब कथित रूपमा पाक्टिया प्रान्तको चमकानी क्षेत्रमा गुरुद्वारा थाला साहिबको छतबाट लगिएको थियो । अप्रत्याशित रुपमा गुरुद्वाराबाट निशान हटाउने रिपोर्टहरूले पवित्र स्थानमा पनि आक्रमण गरेको भन्दै भारतले निन्दा गरेको हो ।
“हामी यस कार्यको निन्दा गर्दछौं र भारतको दृढ विश्वास दोहोर्याउँछौं कि अफगानिस्तानको भविष्य शान्तिपूर्ण हुनुपर्छ । जहाँ अल्पसंख्यक र महिलासहित अफगान समाजका सबै वर्गको हित सुरक्षित छ,” सरकारी स्रोतले भने ।
स्रोतले थप्यो, “हामीले निशान साहिब, अफगानिस्तानको पाक्टिया प्रान्तको चमकानी गुरुद्वारा थाला साहिबको छतमा रहेको सिख धार्मिक झण्डा हटाइएको मिडिया रिपोर्ट देखेका छौं ।”
अफगानिस्तान संयुक्त राज्य अमेरिकाद्वारा आफ्नो सेना फिर्ताको क्रम सुरु गरेपछि तालिबानी समूहले आक्रमणलाई तीव्र बनाएका छन् ।
भारतले त्यस देशको नाजुक स्थितिमा गम्भीर चिन्ता व्यक्त गरेको छ र अफगानिस्तानमा शान्ति कायम गर्न पहल गरिरहेको छ ।


