अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ : प्रधानमन्त्री ओली
शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए ।
उनले भने– ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति हुन्छ ।’
प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गरे । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीलेआफू विरुद्ध नाराबाजी गर्नेहरूलाई छोडिसकेको बताउँदै कसले के गर्छ त्यसलाई राज्यका निकायले समाउने बताए । उनले देशमा कानुनी राज हुनुपर्ने र अधिनायकवाद हुन नहुने बताए । मेरोन्युज



