३ बैशाख २०८३, बिहीबार

अबैध चर्च संचालन गरेको भन्दै , जायन चर्च’ का पादरी एजरा जिन लाई पक्राउ

एसीपी संवाददाता

२९ आश्विन २०८२, बुधबार ११:४१ मा प्रकाशित

चीनले राजधानी बेइजिङस्थित ठूलो भूमिगत धार्मिक नेटवर्क ‘जायन चर्च’ का पादरी एजरा जिन लाई पक्राउ गरेको छ। गैरदर्ता रूपमा सञ्चालन हुँदै आएको उक्त चर्चले सन् २०१८ मा बन्द गरिएपछि पनि विभिन्न प्रान्त र अनलाइनमार्फत गतिविधि विस्तार गरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

जायन चर्चले चीनको राज्य–मान्यता प्राप्त ख्रीष्टियन काउन्सिलमा आवद्ध हुन अस्वीकार गरेको थियो। त्यसपछि चर्चले बिना अनुमति देशका विभिन्न क्षेत्रमा प्रवचन, चन्दा संकलन र अनलाइन सेवा सञ्चालन गर्दै आएको जनाइएको छ।

चीनमा धर्म मान्ने स्वतन्त्रता संविधानले दिएको भए पनि, राज्यमा दर्ता नभएका धार्मिक संस्थाहरू कानुनबाहिरका मानिन्छन्। अधिकारीहरूका अनुसार जायन चर्चले पारदर्शिता, नियमन र उत्तरदायित्वका नियमहरू उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको हो।

एजरा जिनको नेतृत्वमा चलिरहेको नेटवर्क पछिल्ला वर्षहरूमा चीनकै सबैभन्दा ठूलो भूमिगत ख्रीष्टियन समूह मध्ये एक बनेको थियो। तर सरकारका अनुसार धार्मिक संगठनहरूलाई राजनीतिक वा आर्थिक रूपमा शक्तिशाली बन्न नदिने नीति रहेको छ।

पश्चिमी मिडियाले एजरा जिनलाई ‘धार्मिक स्वतन्त्रताको पीडित’ भनेर प्रस्तुत गरे पनि, चिनियाँ अधिकारीहरूले भने उनीमाथिको कारबाही धर्मका कारण नभई कानून उल्लङ्घनको कारणले भएको स्पष्ट पारेका छन्।

अधिकारीहरूले भने, “चीन कुनै धर्मसँग डराउँदैन। हामी भ्रष्टाचार र शक्ति आडमा हुने हेरफेरसँग डराउँछौं।”हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x