११ आश्विन २०८३, आईतवार

अमेरिका, जापान, भारत र अष्ट्रेलियाको क्वाड समिट सम्पन्न , चीन तनावग्रस्त

एसीपी संवाददाता

१० आश्विन २०७८, आईतवार ००:१३ मा प्रकाशित

१० गते असोज २०७८ आइतबार । एजेन्सी – अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा अमेरिक, जापान, भारत र अष्ट्रेलियाको क्वाड समिट सम्पन्न भएको छ। पहिलो पटक व्यक्तिगत रुपमा सञ्चालन भएको सो समिटमा क्वाड समूहका शीर्ष नेताहरुले चीनको तनावका बिच प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला गर्ने प्रतिज्ञा गरेका छन्। 
शुक्रबार सम्पन्न करिब दुई घण्टा लामो क्वाड बैठकमा लोकतान्त्रिक मुलुकका शीर्ष नेताले चीन एक बर्बाद हुन नसक्ने मुलुक भन्दै नजिकबाट अवलोकन गर्ने बताएका छन्। 
‘प्रशान्त क्षेत्रको स्वतन्त्रता र खुला व्यापारका लागि हामी एकसाथ उभिने छौँ। हामी लोकतान्त्रिक मुलुक एकसाथ उभिएर चीनले गर्ने क्रियाकलाप नजिकबाट अवलोकन गर्नेछौँ। विवादको शान्तिपूर्ण समाधान खोज्नेछौँ र लोकतान्त्रिक मान्यताको सम्मानसँगै क्षेत्रीय अखण्ड राज्यको सम्मान गर्नेछौँ’ संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ। 
ऋाफूहरु सबै चीन र प्रशान्त क्षेत्रमा रहेका टापु क्षेत्रका साना मुलुकको समर्थनमा रहेको समेत चारै नेताले उल्लेख गरेका छन्। 
केही हप्ताअघि चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबिच भएको ओकस सम्झौतापछि चीन तनावमा रहेको छ। चीनको सैन्य विस्तारले द्वन्द्व बढाउने जोखिम रहेको भन्दै जापानले युरोपेली मुलुकहरुसँग आग्रह गरेको छ । दी गार्जियनमा सोमबार प्रकाशित अन्तर्वार्तामार्फत जापानका रक्षामन्त्री नोवो किसीले चीनको सैन्य विस्तारले जोखिम बढाउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन चेतावनी दिएका छन् ।
चीनले पछिल्लो समय साउथ चाइना सी र पूर्वी क्षेत्रमा आफ्नो दाबी गर्दै सैन्य विस्तार गरिरहेको छ । रक्षामन्त्री किसीले चीनको सो गतिविधिले छिमेकी मुलुक र अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिडाउन सक्ने भन्दै युरोपेली मुलुकहरुलाई मुख खोल्न आग्रह गरेका छन् ।
‘चीनले आफ्नो क्षेत्र वरिपरी रहेका ताइवान लगायत अन्य टापुहरु, भारतीय सीमा क्षेत्र र साउथ इस्ट चाइना सी क्षेत्रमा आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ’ उनले भनेका छन्, ‘यसले हामीलाई मात्र प्रभाव पार्ने नभई विश्व समुदायमा समेत जोखिम निम्त्याउने छ । त्यसैले यसबारे सबैले बोल्न जरुरी छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x