१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी ड्रोन हमलामा अल कायदाका वरिष्ठ आतंककारीको मृत्यु

एसीपी संवाददाता

६ कार्तिक २०७८, शनिबार ११:२३ मा प्रकाशित

६ गते कार्तिक २०७८ । वासिङ्टन — अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल–मातार ड्रोन हमलामा मारिएको बताएका छन् ।
रिग्सबीले भने अल–मतरको हत्याले अल–कायदाको ’अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्याउने छ।’

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरिएको आक्रमणमा परेको दुई दिन पछि भएको हो । अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन् । अलकायदा लाई अमेरिका ले आतंककारी घोषित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x