१२ मंसिर २०८३, शुक्रबार

अहिले नेपालगन्ज सहित देश भरी हुस्सु र बदली हुने

एसीपी संवाददाता

५ मंसिर २०७८, आईतवार ०२:३० मा प्रकाशित

५ गते मंसिर २०७८ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक  बदली रहेको छ र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको मौसम बिभागले जारी गरेको बुलेटिनमा छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसिर ०५ गते (आईतबार) 
दिउँसो: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ।प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 मंसिर ०६ गते (सोमबार) 
दिउँसो: प्रदेश १ को  पहाडी भू-भागहरुमा  आँशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १ को  पहाडी भू-भागहरुमा  आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 मंसिर ०७ गते (मंगलबार) 
दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ को पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x