१२ मंसिर २०८३, शुक्रबार

अहिलेको यो चलखेलले तेसैगरी संघीयता नै खराब हो भन्ने नियोजित बहसलाई हौस्याउदै

एसीपी संवाददाता

२० बैशाख २०७८, सोमबार १३:०० मा प्रकाशित

जय प्रकाश आनन्द । लुम्बिनी प्रदेशको सन्दर्भमा तेहाँका मुख्य मंत्री र #जसपापार्टी समग्रमा गलत गरेका हुन्। मुख्य मंत्री र एमाले पार्टीका बारेमा अहिले कुरा न गरौं । तर, जसपा किन तेहाँको प्रादेशिक सरकार जोगाउनका लागि वा सरकार ढाल्नका लागि बरू आफ्नो बिभाजनलाई स्वीकार्न उद्यत भएको छ ?

शंकरपोखरेल को सरकार रहला वा जाला, यो हेर्नु बाँकी नै छ। तर, यस पराई घटनाक्रममा जसपाको प्रवेशले मुलुकमा ‘संघीयता नै खराब’ हो भन्ने गलत ‘डिसकोर्श’लाई बल दिन थाल्यो। बिगत २०५१ देखि ०६९ सम्ममा मुलुकको राजनीतिलाई जसरी तत्कालिन राप्रपा र सदभावना पार्टीले अस्थिर गराएको थियो-अहिले सोही भूमिकामा जसपा अवतरित भएको छ ।

हामीले बिर्सनु हुन्न् कि तेस बेलाको राजनीतिक अस्थिरताले राजाको स्वेच्छाचारी शासनको औचित्य बुझ्न अबोध नागरिकहरूलाई प्रभावित गरेको थियो, माओवादी ठिक हुन भने भाव पनि जन्माएको थियो ।

अहिलेको यो चलखेलले तेसैगरी संघीयता नै खराब हो भन्ने नियोजित बहसलाई हौस्याउदै छ । यदि अबको राजनीतिक ‘डिसकोर्श’ यस तर्फ गयो भने अरूलाई खासै फरक नपर्ला । तर, जसपा भने दुई अर्थमा सकिन्छ: पहिलो, सबैभन्दा ठूलो स्टेक होल्डरको रूपमा संघीयताको रक्षा गर्न नसकेको अर्थमा र दोस्रो, जसपा एक पार्टीको रूपमा औचित्यहीन तथा असान्दर्भिक भएर ।

यदि, संघीयता न रहे जसपाको कहाँ औचित्य हुन्छ र ? यो अवस्था #जसपा का लागि सर्वाधिक प्रत्त्यूत्पादक हुनेछ, जहाँ जसपा अभिमुख हुदैछ ।

(तलको तस्वीर: आफ्नो शर्तमा सहमत नगराई चुनाव हुनका लागि राजेन्द्र महतो जी अनशनमा बस्नु हुदाँ मैले भेटेर भनेको थिए-यो चुनावले तपाईहरूलाई कुनै फायदा पुर्याउदैन । पछि तेही भयो ।)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x