१६ आश्विन २०८३, शुक्रबार

उलमा फाउन्डेसन नेपालका अध्यक्षको बाँके–बर्दिया जिल्ला दौरा हुने

एसीपी संवाददाता

१६ आश्विन २०८३, शुक्रबार १३:२९ मा प्रकाशित

नेपालगञ्ज । उलमा फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सय्यद गुलाम हुसेन मजहरी साहब आगामी शुक्रबार, ९ अक्टोबर २०२६ मा नेपालगञ्ज तशरीफ ल्याउनुहुने भएको छ। नेपालगञ्ज आगमनपछि उहाँले बाँके तथा बर्दिया जिल्लाको दौरा गर्नुहुने कार्यक्रम रहेको छ।
दौराका क्रममा स्थानीय उलमा, आइम्मा, मस्जिद–मदरसा तथा उलमा फाउन्डेसनसँग आबद्ध जिम्मेवार व्यक्तिहरूसँग भेटघाट तथा विभिन्न महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ। साथै फाउन्डेसनका आगामी कार्यक्रम, सांगठनिक गतिविधि तथा जिल्लास्तरीय कार्ययोजनाका विषयमा पनि आवश्यक विचार–विमर्श हुने बताइएको छ।
उक्त जिल्ला दौरामा उलमा फाउन्डेसन बाँके नेपालका अध्यक्ष हजरत मौलाना मोहम्मद नसीरुद्दीन अन्सारी साहब, इन्चार्ज मुफ्ती मोहम्मद कहफुलवरा मिस्बाही साहब, मुफ्ती मोहम्मद जाफर रजा मिस्बाही साहब, कारी अब्दुल कय्यूम साहब, कारी अजमत अली साहब तथा मिडिया इन्चार्ज मोहम्मद तौहीद रजा लगायत फाउन्डेसनका सदस्यहरूको सहभागिता रहनेछ।
हजरत मौलाना सय्यद गुलाम हुसेन मजहरी साहबको बाँके तथा बर्दिया जिल्ला दौरा फाउन्डेसनका स्थानीय गतिविधि तथा आगामी कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x