१२ मंसिर २०८३, शुक्रबार

एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

एसीपी संवाददाता

५ जेष्ठ २०७८, बुधबार ०१:५० मा प्रकाशित

मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भीमफेदी नामटारबाट हेटौंडा तर्फ आउदैँ गरेको ना २ ख ९८६३ नम्बरको ट्रकको क्याबिनको हुटमा फल्स बटम बनाइ १७ वटा पोकामा एक क्विन्टल लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयेश्वर रिमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका– ५ का आइते बहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भीमफेदी गाउँपालिका– ९ का राजकुमार तामाङ र कैलाश गाउँपालिका– १० का सुविन रुम्बा रहेको प्रहरीले जनाएको छ । इमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x