२ श्रावण २०८३, शनिबार

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित, न्यौपाने र श्रेष्ठ बने स्थायी कमिटी सदस्य

एसीपी संवाददाता

१८ श्रावण २०८१, शुक्रबार ११:०१ मा प्रकाशित

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो ।बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।बैठकले प्रदेश इन्चार्जहरु पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा। राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पद्या अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखनाथ भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

बैठकले १७ जनालाई केन्द्रिय समिति सदस्यमा मनोनित समेत गरेको छ । सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्रदेव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रिय समिति सदस्य मनोनित गरिएको हो ।

बैठकले निर्वाचन आयोग सदस्यहरुमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रुपमा मनोनित गरेको छ । बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मिया, डा। गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनित गरेको छ ।

त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी लगायत अन्य केहीलाई समेत सल्लाहकार परिषद्मा मनोनित गरिएको जनाएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x