१२ मंसिर २०८३, शुक्रबार
एमालेको उदघाटनमा काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री देउवा सहभागी हुँदै
४ गते मंसिर २०७८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।
मंसिर १०–१२ गतेसम्म चितवनमा हुने एमाले महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली देउवालाई निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।
‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, देउवाले भनेको उनलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।
Subscribe
Login
0 Comments


