१७ आश्विन २०८३, शनिबार

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आह्वान

एसीपी संवाददाता

१३ असार २०७८, आईतवार ११:११ मा प्रकाशित

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गतेका लागि समितिको बैठक बोलाउने निर्णय गरेको हो । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै पार्टी सदस्यता नविकरणलाई तीव्रता दिन पनि निदेशन दिइएको उहाले बताउनुभयो । बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उहाले बताउनुभयो । त्यस्तै उहाले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको जिकिर गर्नुभयो । उहाले पार्टी एकतालाई मजबुद बनाउनका लागि छलफल भएको जानकारी दिनुभयो ।
आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताए । उनले भने, ‘एमालेमा अब अस्थायी संरचना रहँदैन । पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ ।’

अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।

नेता नेपालले भने ओलीले भनेजस्तो ३ जेठ नभएर २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ । एमाले मिलाउन कार्यदलका नेताहरु अनौपचारिक सम्वादमा छन् ।
बैठकमा कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x