१२ आश्विन २०८३, सोमबार
एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेटको उपाधि नेपाललाई
काठमाडौं । भारतमा आयोजना भएको एसएमएस फ्रेन्डसिप कप २०२४ टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा गुजरातलाई १८ रनले पराजित गरेको हो ।
आज भएको फाइनलमा पहिलो ब्याटिङ गर्दै नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४, आशिफ शेखले ३४, कुशल मल्ल ३१ रन बनाए ।
नेपाल यो जितसँगै एसीसी प्रिमियर कप खेल्न भारतबाट सिधै ओमान जानेछ ।
Subscribe
Login
0 Comments


