५ श्रावण २०८३, मंगलवार

ओलि प्रधानमन्त्री बन्दै , मन्त्रीहरुको राजीनामा आउने

एसीपी संवाददाता

१९ असार २०८१, मंगलवार ०९:४७ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेसले एमालेको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली लाई प्रधानमन्त्री बनाउने पक्का भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

नेकपा एमाले अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका हुन ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ।’ ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने स्रोतले बताएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x