१२ मंसिर २०८३, शुक्रबार

ओली र देउवा दुबैले आफ्ना पक्षमा बहुमत सांसद रहेको दाबी पेश

एसीपी संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार १२:२१ मा प्रकाशित

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले दावी पेश गर्नुभएको छ ।

ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गर्नुभएको छ । सभापति देउवाले आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका १४९ सांसदको समर्थन रहेको दावी गर्दै शितलनिवासमा पत्र दर्ता गराउनुभएको छ । त्यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुले हस्ताक्षर संकलन गरेका थिए । देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको दावी गर्न देउवाका साथै माओवादी अध्यक्ष प्रचण्ड, जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव, माधव कुमार नेपाल लगाएका नेताहरु शितल निवास पुगेका थिए ।

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री ओलीले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष फेरि प्रधानमन्त्री पदको लागि दाबी पेश गर्नुभएको हो । नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका २३ गरि १५३ जना सांसदको समर्थन रहेको भन्दै ओलीले फेरि प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको हो ।

प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x