१३ आश्विन २०८३, मंगलवार

कतै प्रधानमन्त्रीलाई माग पूरा गराए पछि धोखा दिने हुन कि मधेसवादी दलले

एसीपी संवाददाता

२६ बैशाख २०७८, आईतवार ०८:१६ मा प्रकाशित

विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं ।’

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन् । 

नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, विश्वासको मतको आश नगर्न आफूहरुले जवाफ दिएको उनले बताए ।

‘तपाईंले हाम्रा माग पूरा पनि गर्नुभएको छैन । पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ,’ महतोले भने, ‘विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।’

आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । तर, जसपा तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x